Like us!
Follow us!
Connect us!
Watch us!

बिपिडब्लु लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

अर्थ संसार

विहीबार, २७ माघ २०७८, १७ : ३९ मा प्रकाशित

बिपिडब्लु लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले ९७ हजार कित्ता आईपीओ निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । 

आज माग २७ गते बिहिबार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमका बिच कम्पनीले मेगा क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमिला शाक्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो कार्यक्रममा बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडका सञ्चालक सविन प्रधानाङ्ग र मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको उपस्थिती रहेको थियो ।

लघुवित्त कम्पनीको अधिकृत तथा जारी पुँजी ३ करोड रुपैयाँ र हाल संस्थापकहरुबाट चुक्ता पुँजी २ करोड ३ लाख रुपैयाँ रहेको र सर्वसाधारणका लागि जारी हुने शेयर ९७ लाख रुपैयाँ रकम बराबरको ९७ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको