Like us!
Follow us!
Connect us!
Watch us!

रारा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, १७ : ३४ मा प्रकाशित

रारा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल

रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १२ कराेड रूपैयाँ बराबरकाे १२ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । 

आज वैशाख २१ गते बुधबार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा एक कार्यक्रमकाबीच कम्पनीले मेगा क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो कार्यक्रममा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक मंगल विश्वकर्मा र मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको