Like us!
Follow us!
Connect us!
Watch us!

नारी दिवसमा मेगा क्यापिटलको निःशुल्क पोर्टफोलियो व्यवस्थापन सेवा, अपेक्षित वार्षिक २० प्रतिशतमाथि  प्रतिफल

अर्थ संसार

सोमबार, २३ फागुन २०७८, १८ : १७ मा प्रकाशित

नारी दिवसमा मेगा क्यापिटलको निःशुल्क पोर्टफोलियो व्यवस्थापन सेवा, अपेक्षित वार्षिक २० प्रतिशतमाथि  प्रतिफल

छोटो समयमा बैंक तथा वित्तीय क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मेगा क्यापिटलले यस वर्षको अन्तराष्ट्रिय नारी दिवसको अवसरमा निःशुल्क पोर्टफोलियो व्यवस्थापन सेवा आरम्भ गरेको छ ।  

उक्त सेवा न्यूनतम ५ लाख (share value अथवा नगद) लगानीबाट आरम्भ गर्न सकिने छ । लगानीको वार्षिक अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहन सक्ने क्यापिटलले जनाएको छ ।

सेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा (PMS) प्रदायक कम्पनीहरु मध्ये छोटो समयमा यस कम्पनीले गुणात्मक र परिमाणात्मक हिसावले आफूलाई अब्बल सावित गर्न सफल हो मेगा क्यापिटल । 

नारी दिवसको उपलक्ष्यमा नारी सशक्तिकरणका लागि यस क्यापिटलले निःशुल्क पोर्टफोलियो व्यवस्थापन सेवा आरम्भ गरेको क्यापिटलले जनाएको छ ।  

यसबाट नारीहरुले आत्मनिर्भरताको लागि सेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पुर्याउने विश्वास कम्पनीले राखेको छ । आफूले पर्याप्त समय दिन असमर्थ हुँदा वा सेयर बजार सम्बन्धी जानकारी तथा अनुभव नभएतापनि विशेषज्ञहरुबाट व्यावसायिक तवरले निःशुल्क लगानी व्यवस्थापन सेवा प्राप्त गर्न सक्नेछन् ।

विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित र विशेषज्ञहरुको निगरानी रहने छ । उक्त सेवा २०७८ चैत्र मसान्तसम्म लागू हुनेछ ।  । ईच्छुक नारीहरुले उक्त सेवा सम्बन्धी विस्तृत विवरणका लागि ९८५१०६७५७८ मा सम्पर्क गर्न सक्नु हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको