Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंककोे नाफामा छलाङ, खुद नाफा ४.५० अर्ब, लाभांश क्षमता कति ?

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, ०५ : १८ मा प्रकाशित

नबिल बैंककोे नाफामा छलाङ, खुद नाफा ४.५० अर्ब, लाभांश क्षमता कति ?

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले  ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अहिलेसम्म वित्तिय विवरण प्रकाशन गर्ने वाणिज्य बैंकहरुमा यो नै सबैभन्दा बढि मुनाफा हो । तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार पनि यो बैंक वाणिज्य बैंकहरुमा सबैभन्दा भन्दा बढि मुनाफा कमाउने बैंक बनेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेर ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँमा सिमित थियो । अघिल्ले आर्थिक बर्षको तुलनामा समिक्षा अवधिमा बैंकको वितरणेग्य मूनाफा ३७ प्रतितशले बढेको हो । 

समिक्षा अवधीमा बैंकले २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख बढी निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब १० करोड ७३ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.९८ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.७८ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ७ अर्ब ७२ करोड ७० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ अर्ब ९८ करोड ३६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन १०.६४ प्रतिशतले बढि हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा २६.३५ प्रतिशतले बढेर ६ अर्ब ४३ करोड ५१ शजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ५ अर्ब ९ करोड ३० लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा १९ अर्ब ४८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार १९ अर्ब ८ करोड ६ लाख रुपैयाँमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५४ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी १ रुपैयाँ ७६ पैसाले घटेको छ । अघिल्लो बर्षको मुनाफाबाट बैंकले mगानीकर्ताहरुलाई ३७.११ प्रतिशत बोनश सेयर वितरण गरेका कारण कम्पनीको सेयर संख्या बृद्धि हुदा प्रतिसेयर आम्दानीमा गिरावट आएको हो । त्यस्र्त बैंकको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा पुगेको छ बैंकको पीई रेसियो ४०.६९ गुणा रहेको छ ।

बैंकको चुक्ता पुँजी र वितरण योग्य मुनाफालाई हेर्दा गत आर्थिक बर्षको मुनाफाबाट २९ प्रतिशत भन्दा बढि लाभांश वितरण गर्ने क्षमता बैंकसंग देखिन्छ । बैंकले आफ्नो रिजर्भबाट समेत थप लरग् लगानीकर्ताहरुलाई लाभांस वितरण गर्नसक्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको