Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमइ बैंकको नाफा ४१.८७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, ०७ : ५१ मा प्रकाशित

ग्लोबल आईएमइ बैंकको नाफा ४१.८७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

ग्लोबल आईएमइ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले  ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४१.८७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ९० करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेर २ अर्ब ७६ करोड १९ लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा १ अर्ब ७३ करोड २८ लाख ८२ हजार रुपैयाँमा सिमित थियो । अघिल्ले आर्थिक बर्षको तुलनामा समिक्षा अवधिमा बैंकको वितरणेग्य मूनाफा ५९.३८ प्रतितशले बढेको हो ।

समिक्षा अवधीमा बैंकले २ खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख बढी निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब ८९ करोड ३९ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा १.७६ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर १.४२ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ९ अर्ब ३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ८ अर्ब २२ करोड २० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन ९.४७ प्रतिशतले बढि हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ३८.०५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ४ अर्ब २४ करोड ६४ लाख रूपैयाँमा सिमित थियो । 

त्यस्तै, बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ११ अर्ब ५ करोड ५८ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा बैंकको जगेडाकोषको आकार ९ अर्ब ८५ करोड ८५ लाख रुपैयाँमा सीमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसाले बढेको छ । त्यसैगरी बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा पुगेको छ बैंकको पीई रेसियो २३.१२ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको