Like us!
Follow us!
Connect us!
Watch us!

सहारालाई प्राप्ति गर्न गरिमा विकास बैंकले डाक्याे विशेष साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, १४ : १५ मा प्रकाशित

सहारालाई प्राप्ति गर्न गरिमा विकास बैंकले डाक्याे विशेष साधारण सभा, बुकक्लोज कहिले ?

गरिमा विकास बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे साउन २१ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा भदाै १५ गते, मंगलबार बैंकको प्रधान कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ ।

विशेष साधारण सभामा गरिमा विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा विशेष प्रस्तावहरू पारित गरिनेछ । 

त्यसैगरी, सभामा सञ्चालक समितिले  निर्धारण गरेको १ बराबर १ को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव स्विकृत गरिनेछ ।

यसैगरी, सभामा प्राप्ति पश्चात गरिमा विकास बैंकको चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार कायम हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त भदौ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, भदाै ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको