Like us!
Follow us!
Connect us!
Watch us!

थप ३४५१ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाले ज्यान गुमाए

अर्थ संसार

सोमबार, ३२ साउन २०७८, १६ : ५१ मा प्रकाशित

थप ३४५१ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ४ सय ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ९३ जनाको पीसीआर विधिबाट भएको परीक्षण गर्दा २ हजार ५ सय ६६ जना र ५ हजार ५ सय १८ जनाको एन्तिजें परिक्षण गर्दा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो । 

सो अवधिमा ३५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको