Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता, ग्राहकलाई १५% छुट

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, ०७ : ०८ मा प्रकाशित

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता, ग्राहकलाई १५% छुट

कामना सेवाविकास बैंक र सम्यक डाईग्नोष्टिकबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस  सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ परिक्षण गराउदा १५ % को छुट प्राप्त सक्नुहुनेछ । यो सुविधासम्यक डाईग्नोष्टिक को जावलाखेल तथा मध्य बानेश्वरमा रहेका  शाखाबाट प्राप्त हुनेछ । 

नेपालकै पहिलो आई .एस.ओ १५८९स् २०१२ मान्यता प्राप्त स्वास्थ प्रयोगशाला सम्यकले स्वास्थ प्रशिक्षण सम्बन्धी उतकृष्ट सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो सम्झौताबाट बैंक काकर्मचारी तथा ग्राहक महानुभावहरुले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा ७२ वटा A.T.M मार्फत ग्राहकहरुलाई आफनो सेवातथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

यस बैंकले Media Banking, KS iMobile  जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको