Like us!
Follow us!
Connect us!
Watch us!

एफपीओ ल्याउन लागेकाे किसान लघुवित्तकाे नाफा १८५८.०५ प्रतिशतले बढ्याे, अन्य सूचक उत्साहजनक

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, ११ : २९ मा प्रकाशित

एफपीओ ल्याउन लागेकाे किसान लघुवित्तकाे नाफा १८५८.०५ प्रतिशतले बढ्याे, अन्य सूचक उत्साहजनक

किसान लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे राम्रै प्रगति गरेकाे देखिएकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले  १४ करोड ९० लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १८५८.०५ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ७६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

चाैथाे त्रैमाससम्म आइपुग्दा संस्थाले ४० करोड १० लाख ५३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३१३.४२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९ करोड ९० लाख ८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

यसै अवधिसम्म संस्थाकाे सञ्चालन नाफा ९२९.३६ प्रतिशतले बढेर १७ करोड ८२ हजार रुपैयाँ पुगेको छ ।  गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १ करोड ६५ लाख २३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

संस्थाको चुक्ता पूँजी ३९ करोड २८ लाख रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा २४ करोड २५ लाख रुपैयाँ सञ्चित छ । संस्थाकाे प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ९५ पैसा रहेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ६२ पैसा रहेकाे छ । संस्थाकाे मूल्य आम्दानी अनुपात ४५.८५ गुणा रहेकाे छ ।

संस्थाले १२५ रुपैयाँको दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको ले १२ लाख ८९ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । 

संस्थाको एफपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

संस्थाले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

611b4cdca1ab6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको