Like us!
Follow us!
Connect us!
Watch us!

ओलीकै पथमा देउवा सरकार: २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सकिने गरी अध्यादेश जारी

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, १४ : ११ मा प्रकाशित

ओलीकै पथमा देउवा सरकार: २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सकिने गरी अध्यादेश जारी

सरकारले दल विभाजनलाई सहज बनाउने उद्देश्यले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकले केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुर्‍याएर दल विभाजन सकिने गरी अध्यादेश ल्याएको स्रोतले बताएको छ ।

अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । बालुवाटार निकट स्रोतका अनुसार अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास गएका हुन् ।

सरकारले ल्याएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने उल्लेख छ । हालको राजनीतिक दल सम्बन्धी ऐन २०७३मा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख छ। त्यसलाई संशोधन गरेर सरकारले अध्यादेश ल्याउन लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको