सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले बुकक्लाेज मिति ताेकेकाे छ ।
फण्डले लाभांश वितरण गर्ने प्रायेजनका लागि भदाै १६ गते, एक दिन बुकक्लाेज गर्ने घाेषणा गरेकाे हाे । त्यसैले, भदाै १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।
सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७७/०७८ का लागि ५०% का दरले हुन आउने ४३ करोड बराबरको प्रतिफल वितरण गर्ने घाेषणा गरेकाे छ ।
क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस