Like us!
Follow us!
Connect us!
Watch us!

मञ्जुश्री फाईनान्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, ११ : ०० मा प्रकाशित

मञ्जुश्री फाईनान्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले साउन १४ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै ८ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले १२ हजार ५ सय ८७ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

उक्त सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यस सेयरमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । याे सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले भाद्र ८ गते कार्यलय समय भित्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको