Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारलाई प्रभावित गर्न जथाभावी बोल्नेलाई लगाम खै ?

अर्थ संसार

बुधबार, ०९ भदौ २०७८, १० : ४८ मा प्रकाशित

सेयर बजारलाई प्रभावित गर्न जथाभावी बोल्नेलाई लगाम खै ?

पछिल्लो समय नेपालको सेयर बजारको बादशाह भनेर चिनिने निर्मल प्रधानले कुनै अमुख कम्पनीको नामैै तोकेर उक्त कम्पनीको सेयर किने लगानीकर्ता मालामाल हुने अभिव्यक्ति दिन थालेपछि सामाजिक सञ्जाल तातिएको छ । 

एक पक्षले प्रधानको उक्त अभिव्यिक्त सही भएको भन्दै समर्थन गरिरहेका छन् भने कतिले सामाजिक सञ्जालमार्फत कुनै कम्पनीलाई वा क्षेत्रलाई गाली गर्दै कुनै एक क्षेत्र वा कम्पनीको सेयरको खुला रुपमा वकालत गर्नु गैकानुनी भएको भन्दै आक्रोश व्यक्त गरिरहेको देखिन्छ । 

प्रधानले अन्तरवार्ताका क्रममा कुनै क्षेत्रको सत्तोसराप गर्दै कुनै एक दुई कम्पनीको खुला रुपले विज्ञापन गर्नु आम लगानीकर्ताहरुका लागि न्यायिक नहुने कतिपयको बिश्लेषण छ । 

“उहाँ जत्तिको मान्छेले सेयर बजारमा प्रबेश गरेका नयाँ लगानीकर्ताहरुलाई कस्तो कम्पनीमा लगानी गर्दा सुरक्षित हुन्छ र कस्तामा लगानी गर्दा जोखिम भन्ने कुराको ज्ञान दिनुपर्ने हो । तर कम्पनीको नामै किटान गरेर यो कम्पनी किन, अवश्य मुनाफा कमाउछौं भन्नुलाई चाँही स्वभाविक रुपमा लिन सकिँदैन । यसले त बजारमा चलखेललाई झनै बढावा दिन्छ” एक लगानीकर्ताले भने । 

जसरी उहाँले मिडियामा कुनै अमुक कम्पनीमा अहिले लगानी गरे ३  देखि साढे तीन बर्षमा उक्त कम्पनीको सेयर संख्या कम्तिमा दुई गुणा हुने ग्यारेण्टि गर्नुभएको छ, यदि त्यो वास्तविक हो भने के उहाँ आम लगानीकर्तालाई लिखत गरेर ग्यारेन्टी गरिदिन सक्नु हुन्छ ? उहाँले त्यसो गर्नसक्नुहुन्छ भने हामी उहाँले भनेको कम्पनीमा लगानी गर्न तयार छौं । तर कुनै मिडियामा त्यत्तिकै बोलेकै भरमा लगानीकर्ताले कसरी विश्वास गरेर लगानी गर्ने ?,  उनले प्रश्न गरे । 

केहि महिनाअघिको एक अन्तरवार्तामा पनि उनले अर्को कुनै कम्पनीको नाम लिदै त्यसमा लगानी गर्ने लगानीकर्ताले राम्रो मुनाफा कमाउने बताएका थिए । उनको त्यो अभिव्क्तिको प्रभावले उक्त कम्पनीको सेयर मूल्य केही दिन बढ्यो । तर अहिले त्यही कम्पनीको अन्य विभिन्न कम्पनीहरुसँगको मर्जरको समाचार आइरहेको छ ।  केही महिनाअघि धेरै राम्रो भनेको कम्पनीका बारेमा किन अहिले केहि बोनेनन् ।  के हरेक महिना उनको राम्रा कम्पनीहरुको सूचि परिवर्तन भइरहन्छ ? 

नेपालको पूजी बजारको अग्रज लगानीकर्ताको नाताले उनले दिने हरेक सुझाव एक आम तथा नयाँ लगानीकर्ताहरुका लागि आर्शिवाद बन्न सक्ला । तर उनले नयाँ लगानीकर्ताहरुलाई माछा मारेर ल खाउ भनेर दिनुभन्दा पनि कसरी माछा मार्ने ? कस्ता माछा राम्रा र कस्ता माछा नराम्रा हुन्छन् भन्ने ज्ञान दिन सके त्यो बढी प्रभावकारी र बजारमैत्री हुनसक्ला । 

उनले केही अमुख कम्पनीको नाम नै तोकेर यो कम्पनीको सेयर किन । मालामाल हुन्छौ भन्नुभन्दा कम्पनीको यस्ता पक्षहरु हेरेर सेयर किन्ने हो, यसरी सेयर कारोबार गर्दा सुरक्षित हुन सकिन्छ भन्ने टिप्स दिनु प्रभाकारी हुनेथियो । 

उनले अहिले जसरी कुनै क्षेत्र वा कम्पनीको सेयर मूल्य बृद्धिलाई अस्वभाविक भनेका छन् । त्यो पनि आँफैमा आम लगानीकर्ताहरुको हक हितमा नभएको लगानीकर्ताहरुको जिकिर छ । हिजोका दिनमा उनले तिनै कम्पनीमा लगानी गर्दा खराब भएनन् । अब जब उनी ती कम्पनीहरुबाट बाहिए त्यसपछि ती कम्पनीहरु कसरी खराव भए ? एक लगानीकर्ताले प्रश्न गरे । 

उनले आम लगानीकर्ताहरुको हक हितमा बोल्नु जायज हो । तर कुनै कम्पनीको नामै किटेर नराम्रो भन्दा त्यो कम्पनीको सेयरमा लगानी गर्ने लाखौ लगानीकर्ताको लगानी तलमाथि भए त्यसको जिम्मेवारी कसले लिने ? १०० रुपैयाँभन्दा कम मूल्यको सेयर अहिलेको अवस्थासम्म आईपुग्दा किन लगानीकर्ताहरुलाई उनले सजग बनाउन आवश्यक देखेनन ? उनले प्रश्न गरे ।  

Terhathum Power को ipo लगानीकर्ताले अर्काे वर्षदेखि लाभांश पाउनेछन् |आवेदन खुल्ला| MohanKumarDangi |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको