Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तहरूलाई संशाेधित एकीकृत निर्देशन जारी, के-के छन् नयाँ व्यवस्था ?

अर्थ संसार

बुधबार, ०९ भदौ २०७८, १७ : ३२ मा प्रकाशित

लघुवित्तहरूलाई संशाेधित एकीकृत निर्देशन जारी, के-के छन् नयाँ व्यवस्था ?

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि संशाेधित एकीकृत निर्देशन, २०७७ जारी गरेको छ । बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयन गर्नको लागि लघुवित्त वित्तीय संस्थाहरुका लागि पनि संशाेधित एकीकृत निर्देशन, २०७७ जारी गरेकाे हाे ।

जसअनुसार राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले २०७९ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) अनुसार समेत समानान्तररुपमा तयार गर्नु पर्नेछ ।

यसैगरी, 'घ' वर्गकाे लघुवित्त वित्तीय संस्थाहरु गाभिएर वा प्राप्ति गरेर रु १ अर्बभन्दा बढी चुक्ता पूँजी कायम गरेमा वा रु १ अर्बभन्दा बढी चुक्ता पूँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा २ वटा प्रदेश स्तरका संस्था गाभेमा वा प्राप्ति गरेमा उनीहरुलाई काठमाडौं उपत्यकाभित्र काठमाडौं महानगरपालिका तथा ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न स्वीकृति प्रदान गरिनेछ ।

त्यस्तै, कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा वार्षिक १.५० प्रतिशतसम्म सेवा शुल्क लिन पाउनेछन् । एक वर्षभन्दा कम अवधिको लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जाको लागि वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्नेछन् । तर, थोक कर्जा प्रवाह गर्ने संस्थाले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह गर्ने कर्जामा वार्षिक ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाइने छैन ।

त्यसैगरी, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्नेछन् ।

राष्ट्र बैंककाे निर्देशन यस प्रकारकाे छ : 

6126305b6219b.jpg 61263061442ab.jpg 6126306690c69.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको