Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा करेक्सन : नेप्से परिसूचक ८६.७३ अंकले घट्यो, आगामी साता कता जाला ?

अर्थ संसार

शनिबार, १२ भदौ २०७८, ११ : ०३ मा प्रकाशित

सेयर बजारमा करेक्सन : नेप्से परिसूचक ८६.७३ अंकले घट्यो, आगामी साता कता जाला ?

यस साता सेयर बजारमा ३ दिन मात्र सेयर कारोबार भएको छ । २ दिन अर्थात् आइतबार र सोमबार सार्वजनिक बिदा परेकोले यस साता बजार ३ दिन मात्र खुलेको हो 

यस साता सेयर बजारमा करेक्सन देखिएको छ  । बजारमा २ दिन सम्म भारी गिरावट आएको थियो भने अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको थियो । यस साता सूचीकृत अधिकांश समूहमा गिरावट आउँदा समग्र नेप्से सूचकमा गिरावट आएको हो ।  यस साता नेप्से परिसूचक ८६.७३ अंकले घटेर ३०९४.०५ विन्दुमा बन्द भएको छ । गत साता भने नेप्से सूचक ३१८०.८६ विन्दुमा बन्द भएको थियो । 

साताको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३१२४.८७ विन्दुमा पुगेकाे थियो । त्यसैगरी, बुधबार नेप्से परिसूचक ४८.४२ अंकले घटेर ३०७६.४४ विन्दुमा पुगेकाे थियो । अन्तिम कारोबार दिन भने सेयर कारोबार मापक नेप्से परिसूचक १७.५७ अंकले बढेर ३०९४.०५ मा पुगेकाे थियो । 

यो साता तीन दिनमात्र बजार खुलेकाले गत साताभन्दा कारोबार रकम घटेको छ । सेयर बजारमा मंगलबार १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रूपैयाँ बराबरको कारोबार भयो । बुधबार १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५ सय रूपैयाँको कारोबार भयो भने अन्तिम दिन १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७ सय ९२ रुपैयाँको कारोबार भयो । यस साता दैनिक औसतमा १३ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।


यो साता  कुल बजार पूँजीकरणमा पनि गिरावट आएको छ । गत साता ४४ खर्ब ४३ अर्ब १८ करोड ७९ हजार रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साता ४३ खर्ब २३ अर्ब २० लाख ३३ हजार रुपैयाँमा सिमित भएको छ । यसरी हेर्ने हो भने लगानीकर्ताहरुले १ खर्ब २० अर्ब १७ करोड ८० लाख ४६ हजार बराबरको सम्पत्ति गुमाएका छन् । यद्यपि बजार ३ दिन मात्र खुलेको कारण पनि बजार पूँजीकरणमा गिरावट आएको हो।

यो साता माइक्रो समूहको परिसूचक मात्र बढेको छ भने बाँकी समूहको घटेको छ । यो साता लगानी समूहको परिसूचक सर्वाधिक ६.४० प्रतिशत घटेको हो ।

यस साता पनि जीवन विकास लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । त्यसैगरी नारायणी डेभलपमेन्ट बैंक र आइसीएफसी फाइनान्सको लगानीकर्ताले पनि सर्वाधिक नाफा कमाउन सफल भएका छन्  ।

यता जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) का लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । 

घट्ने र बढ्ने सेयर बजारको नियम नै भएकोले बजारमा करेक्सन देखिए पनि बजारले पुनः गति लिने विश्लेषकहरु बताउँछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको