Like us!
Follow us!
Connect us!
Watch us!

नवीकरण गर्ने म्याद थप

पत्रपत्रिका

आइतबार, १३ भदौ २०७८, ०८ : १६ मा प्रकाशित

नवीकरण गर्ने म्याद थप

नेपाल राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी मुद्राको कारोबार गर्ने संस्थाहरूको नवीकरण गर्ने म्याद थपेको छ । विभागले कोभिड–१९ महामारीबाट सिर्जित प्रभाव दृष्टिगत गरेर एक वर्षका लागि निःशुल्क नवीकरण हुने जनाएको हो ।

त्यस्तै भदौ ११ गतेअघि नै इजाजतपत्रको नवीकरण गराइसकेका संस्थाको इजाजतपत्रको म्याद पनि निःशुल्क एक वर्ष थपिने विभागले जानकारी दिएको छ । विभागले विदेशी विनिमय कारोबार गर्ने निकायहरूका लागि एकीकृत परिपत्र २०७६ मा पनि केही संशोधन र केही व्यवस्था थप गरेको हो ।

विभागले जारी गरेको परिपत्रअनुसार विदेशी विनिमय कारोबारमा एक पटकमा तीन हजार पाँच सय अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मका लागि मात्र सटही सुविधा हुुनेछ । यस्तो रकमसम्मको सीमाका लागि लाभग्राहीको बिजनेस क्रेडिबिलिटी इन्फरमेसन (बीसीआई) अनिवार्य नहुने पनि स्पष्ट पारेको छ ।

तर कोभिड–१९ बाट सिर्जित स्वास्थ्य समस्यालाई रोकथाम तथा न्यूनीकरणका लागि सहजीकरण गर्ने औषधिजन्य सामग्री वा स्वास्थ्य उपकरणहरूको आयातको हकमा भने एउटै बिजकबाट एक लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम ड्राफ्ट/टीटीको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

यसका लागि पनि आगामी चैत मसान्तसम्मका लागि बिजनेस क्रेडिबिलिटी इन्फरमेसन अनिवार्य नहुने विभागले जनाएको छ । एक लाख अमेरिकी डलरभन्दा बढीको सटही सुविधामा भने स्वास्थ्य सेवा विभागको सिफारिस आवश्यक पर्ने विभागले स्पष्ट पारेको छ । यस्तो सुविधा उपलब्ध गराउने बैङ्क तथा वित्तीय संस्थाले प्रत्येक महिना समाप्त भएको सात कार्यदिनभित्र राष्ट्र बैङ्कको विदेशी विनियम शाखामा आयात भएको विवरण पेस गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै वायुयान सेवा सञ्चालक संस्थालाई २५ हजार अमेरिकी डलरसम्मको सुविधा तोकिएको कागजपत्रका आधारमा उपलब्ध गराउन सकिने जनाएको छ ।

(याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको