Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलका शेयरधनीलाई डिम्याट खाता नविकरण गर्न आग्रह

अर्थ संसार

विहीबार, ०९ असार २०७९, १२ : ४९ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलका शेयरधनीलाई डिम्याट खाता नविकरण गर्न आग्रह

एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडकाे शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खाेलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७८/७९ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७९ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएकाे हाे । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएकाे छ ।

हितग्राहीहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडकाे आफूलाई पायक पर्ने नजिकैकाे शाखा कार्यालयहरू  तथा कनेक्ट आइपीएस, इ - सेवा, खल्ती, आइएमइ पेबाट भुक्तानी गर्न सक्नेछन् । 

मेरो सेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62b4127beef95.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको