Like us!
Follow us!
Connect us!
Watch us!

नाडाका अध्यक्ष तथा सीएनआईका अध्यक्षबीच भेटघाट

अर्थ संसार

आइतबार, १३ भदौ २०७८, १७ : १५ मा प्रकाशित

नाडाका अध्यक्ष तथा सीएनआईका अध्यक्षबीच भेटघाट

नाडाले आज आइतबार नेपाल उद्योग परिसंघसँग भेट गरेकाे छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले नेपाल उद्योग परिसंघका नव निर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई आफ्नाे कार्यकालको सफलताको शुभकामना दिँदै द्धिपक्षिय सम्बन्ध विस्तारका सम्बन्धमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले दुई संस्थाहरु बीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको नीजिक्षेत्रको सवालमा एकेबध्य भएर अघि बढने र अन्य संभाव्यक्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढनुपर्ने बताए । सो छलफलमा अध्यक्ष दुलालले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरिय एशोसिएशनहरु स्थापना भईसकेको र नेपालमा अटोमोबाइल उद्योगहरु समेत खोल्न शुरुवात समेत भइसकेको बताए । 

त्यसैगरी सो भेटघाटमा उपाध्यक्ष करण चौधरीले नाडामा धेरै रुपान्तरण भईसकेको र त्यही अनुसार सदस्य संख्यामा पनि उल्लेख्य रुपमा वृद्धि भएको भन्दै नीजिक्षेत्रको सवालमा नेपाल उद्योग परिसंघसंग सहकार्य गरेर अघि बढन चाहेको बताए । सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले नीजिक्षेत्रका साझा सवालहरुमा सहकार्य गरेर अघि बढने बताए । सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले दुई संस्थाविच पारस्परिक सहयोगको वातावरण बनाउनु पर्ने धारणा राखे । त्यसैगरी, सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा विद्युतिय सवारी साधन समितिका सभापति धु्रव थापाले परिसंघसँग हातेमालो गरेर अघि बढनु पर्ने धारणा राख्दै विद्युतिय सवारी साधनको व्यवसायमा देखा परेका विविध समस्याहरुकाे बारेमा चर्चा गरेकाे थिए ।

सो छलफलमा परिसंघका अध्यक्ष विष्णृुकुमार अग्रवालले ७ सदसिय नाडा प्रतिनिधिमण्डललाई आफनो कार्यकक्षमा स्वागत गर्दे नाडासंग पहिलो भेटघाट भएको बताए । सो भेटघाटमा उनले पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकांश रुपमा अटोमोबाइलमा नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोबाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए । उनले नेपाल उद्योग परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारको लागि पहल गरिरहेको र यसबाट पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने बताउनु हुदै उद्योग स्थापनाका लागि सरकारकातर्फबाट गरिनु पर्ने सहयोगका सम्बन्धमा समेत चर्चा गरे ।

सो छलफलमा परिसंघका उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगहरुको विस्तारका लागि कसरी अघि बढने भन्ने विषयमा पहल भईरहेको बताए ।छलफलमा नाडाका सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा सुभआशिस थपलिया समेतको उपस्थिति रहेकोे थियो ।                                                            
                                                                                         

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको