Like us!
Follow us!
Connect us!
Watch us!

मनसुन कमजोर हुँदै, न्यून चापीय रेखा बाहिरिन सुरु

अर्थ संसार

सोमबार, १४ भदौ २०७८, १२ : ०५ मा प्रकाशित

मनसुन कमजोर हुँदै, न्यून चापीय रेखा बाहिरिन सुरु

विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ ।

पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा सोमबारदेखि नेपालबाट बाहिरिने क्रम शुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुदुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव ३ डिग्री सेल्सियस छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको