Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तरको वर्षा र बाढीबाट बंगलादेशमा १०० बढीको मृत्यु

अर्थ संसार

सोमबार, २० असार २०७९, १४ : २२ मा प्रकाशित

निरन्तरको वर्षा र बाढीबाट बंगलादेशमा १०० बढीको मृत्यु

बंगलादेशमा केही दिनदेखिको निरन्तर वर्षाका कारण बाढी आएको छ । बाढीबाट यहाँका १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । अधिकारीहरूका अनुसार ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । 

बाढी प्रभावित जील्लामा १०२ जनाको ज्यान गएको छ । गत मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो । 

बंगलादेशका कतिपय जिल्लाहरूमा पछिल्ला दिनहरुमा पनि बाढीको प्रकोप जारी छ । यहाँ बाढीले ल्याएका सर्पले टोकेर, चट्यांग परेर र बाढीले बगाएर धेरैको ज्यान गएको हो । बंगलादेशका स्वास्थ्य अधिकारीहरुले अहिले पनि यहाँका कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरु विस्थापित भएको बताइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको