Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा समयअगावै मनसुन प्रवेश, नेपालमा पनि चाँडै भित्रिने संकेत

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, १४ : ०८ मा प्रकाशित

भारतमा समयअगावै मनसुन प्रवेश, नेपालमा पनि चाँडै भित्रिने संकेत

भारतमा सामान्यभन्दा एक हप्ता अघिनै मनसुन प्रवेश गरेसँगै नेपालमा पनि छिट्टै मनसुन भित्रिने संकेत देखिएको छ। भारतको केरलामा १ जुनको साटो २४ मे (जेठ १० गते) नै मनसुन प्रवेश गरेकाले, नेपालमा पनि १३ जुन भन्दा अघि नै मनसुन सक्रिय हुने मौसमविद्हरूको अनुमान छ।

भारतको मौसम विभागका अनुसार, यस वर्ष १६ वर्षयताकै छिटो मनसुन प्रवेश भएको हो। राजधानी दिल्लीसहित विभिन्न स्थानमा भारी वर्षा भएको छ भने २४–२६ मेसम्म अझै भारी वर्षाको सम्भावना भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।

नेपालका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले भने, भारतमा मनसुन भित्रिएको १०–१५ दिनभित्र नेपालमा पनि यसको प्रभाव देखिन सक्ने बताए। अहिलेको जलवाष्पयुक्त हावाको गति हेर्दा मनसुन ढिलो नहुन सक्छ।

तर उनले भारतको केरलाबाट आएको मनसुनलाई ‘वाच गरिरहेको’ भन्दै अझै नेपालमा कुन मितिमा प्रवेश गर्छ भनेर अहिले निश्चित भन्न नसकिने जनाए।

हाल नेपालमा अझै पनि पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले आंशिक प्रभाव पारिरहेको छ। यसकै कारण केही दिनदेखि दैनिकजसो वर्षा भइरहेको छ।

आज पनि काठमाडौं उपत्यकासहित केही जिल्लाहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको अर्यालले बताए।

सामान्यतया नेपालमा १३ जुनमा मनसुन भित्रिएर २ अक्टोबरमा बाहिरिन्छ, जसअनुसार ११२ दिनको मनसुनी अवधि हुने गर्छ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनका बेला सामान्यभन्दा बढी वर्षा र गर्मी हुने पूर्वानुमान गर्दै पूर्वसावधानी अपनाउन सुझाव दिएको छ, किनकि अत्यधिक वर्षाले जनधनको क्षतिको जोखिम बढाउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको