Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज ब्लूचिप फण्डकाे लगानी ४९ करोडमाथि, न्याभ कति ?

अर्थ संसार

सोमबार, १४ भदौ २०७८, १४ : ०९ मा प्रकाशित

सनराइज ब्लूचिप फण्डकाे लगानी ४९ करोडमाथि, न्याभ कति ?

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज ब्लूचिप फण्डले २०७८ साल साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

साउन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ५० पैसा पुगेकाे छ । उक्त मूल्य असार मसान्तकाे तुलनामा ४४ पैसाले बढेकाे हाे । असार मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ६ पैसा रहेकाे थियो ।

त्यसैगरी, साउन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ४९ करोड २५ लाख ३६ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ३५ करोड ९१ लाख २६ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात पनि ४८ करोड ८२ लाख ४२ हजार रूपैयाँमा सीमित छ । असार मसान्तसम्म फण्डकाे बैंक माैज्दात ६७ करोड २१ लाख ९४ हजार रूपैयाँ रहेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे साउन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

612c97f355fed.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको