Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सकाे लिलामी सेयर भर्ने आज अन्तिम मौका

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, ०८ : ०५ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सकाे लिलामी सेयर भर्ने आज अन्तिम मौका

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै ८ गते, मंगलबारबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे सेयरमा आवेदन दिने आज (भदाै १६ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । संस्थाले ५ लाख ८३ हजार ५ सय ९८ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले आजसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य ५ सय ८० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक हजार कित्तादेखि अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नागपाेखरी, काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

61247ef13b445.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको