Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलपर्सकाे विद्युत बिक्री आम्दानी घट्दा नाफा प्रभावित

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, १३ : ४७ मा प्रकाशित

नेपाल हाइड्रो डेभलपर्सकाे विद्युत बिक्री आम्दानी घट्दा नाफा प्रभावित

नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड १० लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा २६.३९ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले २ करोड ८५ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेकाे छ  । कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी ७ करोड ३० लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । उक्त आम्दानी अघिल्लाे वर्षकाे भन्दा ३ कराेड ११ लाख रूपैयाँले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट  १० करोड ४२ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यसैगरी, हाल कम्पनीकाे चुक्ता पुँजी २९ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ करोड ९२ लाख ९६ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ०४ पैसा रहेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ८० पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

612f350c69441.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको