Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरसहित नेप्सेमा ४ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेप्से

शुक्रबार, १८ भदौ २०७८, ०६ : ४५ मा प्रकाशित

अपि पावरसहित नेप्सेमा ४ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएको छ । अपि पावर कम्पनी लिमिटेड,ङादी ग्रुप पावर कम्पनी लिमिटेड, एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० काे मूल्य समायोजन गरिएकाे हाे ।

१. अपि पावर कम्पनी लिमिटेड

कम्पनीकाे १०.५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ७८ रूपैयाँ ७३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ सय २९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

61317632c0e33.jpg

२. ङादी ग्रुप पावर कम्पनी लिमिटेड

कम्पनीकाे २० प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ७ रूपैयाँ ५० पैसा कायम हुने गरी सेयरमूल्य समायाेजन गरेकाे छ । नेप्सेले बिहीबारकाे अन्तिम काराेबार मूल्य ९ सय ६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

61317632dfd41.jpg

३. एनएमबि हाइब्रिड फण्ड एल १ 

फण्डकाे २० प्रतिशत लाभांश पछि नेप्सेले प्रतिइकाई ११ रूपैयाँ ८० पैसा कायम हुने गरी इकाईमूल्य समायाेजन गरेकाे छ । नेप्सेले बिहीबारकाे अन्तिम काराेबार मूल्य १३ रूपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

613176333e2cb.jpg

४. एनएमबि ५०

फण्डकाे ३० प्रतिशत लाभांश पछि नेप्सेले प्रतिइकाई १२ रूपैयाँ ५३ पैसा कायम हुने गरी इकाईमूल्य समायाेजन गरेकाे छ । नेप्सेले बिहीबारकाे अन्तिम काराेबार मूल्य १५ रूपैयाँ ५३ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

613176330d34c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको