Like us!
Follow us!
Connect us!
Watch us!

आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने

अर्थ संसार

शुक्रबार, १८ भदौ २०७८, १३ : ४८ मा प्रकाशित

आइतबारदेखि मनकामना केबुलकार सञ्चालनमा आउने

कोरोना भाइरस दोस्रो लहरका कारण बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार भदाै २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।

संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ । 

त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेन्ट पनि आगामी आइतबारदेखि नै सञ्चालनमा ल्याउनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको