Like us!
Follow us!
Connect us!
Watch us!

अब नेपाल विद्युत प्राधिकरणको आवेदनफारम शुल्क खल्तीबाट तिर्न सकिने

अर्थ संसार

शनिबार, १९ भदौ २०७८, ०७ : ५५ मा प्रकाशित

अब नेपाल विद्युत प्राधिकरणको आवेदनफारम शुल्क खल्तीबाट तिर्न सकिने

अनलाइनभुक्तानी सेवाप्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदकालागि माग गरेको आवेदनको फारम शुल्क खल्ती बाट सजिलै तिर्र्न सकिने सुविधा संचालनमा ल्याएको छ । 

आवेदकहरुले विभिन्नपदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइट बाट आवेदन फारम भरि त्यसमा लाग्ने दस्तुर खल्ती बाट सजिलै भुक्तानीगर्न सक्नेछन्। दरखास्त दिने मिति यहिँ भाद्र १८ देखि असोज ७ सम्म रहेको छ । यद्यपी, इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारहरुले २०७८ असोज १४ गते सम्म दोब्बर दस्तुर तिरी अन्तिम दरखास्त दिन सक्नेछन् । 

कार्यालयमा धाईरहनु पर्ने वा लाइनमा घण्टौ बस्न पर्ने झन्झटलाई डिजिटल भुक्तानीको माध्यमद्वारा न्युनिकरण गर्ने हेतुले उक्त सेवा संचालनमा ल्याएको खल्ती डिजिटल वालेटका प्रबन्धक, श्री जोनामभुर्तेलले जानकारी गराए । 

प्राधिकरणको आधिकारीक वेबसाइट बाट विभिन्न पदकोलागि अनलाइन फारम भरीसकेपछि पेमेन्ट विकल्पमा खल्ती छनौट गरी त्यसमा लाग्ने शुल्क सजिलै भुक्तानी गर्न सकिन्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको