Like us!
Follow us!
Connect us!
Watch us!

सेयर खरिद गर्दा के कुराहरुमा ध्यान दिने ? यस्तो छ नेप्सेको सुझाव

अर्थ संसार

शनिबार, १९ भदौ २०७८, ०९ : ०६ मा प्रकाशित

सेयर खरिद गर्दा के कुराहरुमा ध्यान दिने ? यस्तो छ नेप्सेको सुझाव

धितोपत्रको सार्वजनिक निष्कासन हुँदा धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको विवरणपत्रका साथै प्रबन्धपत्र र नियमावली हेरी सम्बन्धित कम्पनीको व्यवसायको प्रकृति, आर्थिक विवरण, जोखिम पक्ष, संस्थापक सञ्चालक सम्बन्धी विवरण जस्ता कुराहरुको अध्ययन तथा विश्लेषण गरी लगानी सम्बन्धी निर्णय गर्नु उपयुक्त हुन्छ ।

दोस्रो बजारमा धितोपत्र किनबेच गर्दा जोखिम, प्रतिफल तथा भविष्यको संभावना सम्बन्धी पूर्ण ज्ञान र पूर्ण होशियारी साथ गर्नुपर्दछ । धितोपत्र बजारमा सूचीकृत धितोपत्रहरु खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको कार्य सम्पादन, आर्थिक विवरण तथा वार्षिक प्रतिवेदन, संस्थापक सञ्चालकको विगतको कार्य सम्पादन, संगठित संस्थाहरु द्वारा समयसमयमा प्रवाह गरिने सूचना ।

स्टक एक्सचेन्ज मार्फत सार्वजनिक हुने मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना समेत हेरी लगानी सम्बन्धमा निर्णय गर्नु बढी सुरक्षित हुन्छ । लगानीकर्ताले आफूलाई विश्वास लागेको धितोपत्र दलाल वा वित्तीय विशेषज्ञसँग आवश्यक जानकारीहरु लिएर धितापत्रको खरिद बिक्री सम्बन्धी निर्णय गर्नु बढी उपयुक्त हुन्छ ।

स्टक एक्सचेन्जमा बजार माग र आपूर्तिले निर्धारण गरेको मूल्यमा धितोपत्रहरुको कारोबार हुन्छ । स्टक एक्सचेन्जमा सेयर कारोबार सदस्य दलाल मार्फत हुन्छन् । धितोपत्र किनबेच गर्नेले दलाललाई कमिसन तिर्नुपर्छ ।

धितोपत्रको सार्वजनिक निष्कासन हुँदा धितोपत्र खरिद सम्बन्धी गुनासा सम्बन्धित निष्कासन तथा बिक्री प्रबन्ध गर्ने संस्था, निष्कासनकर्ता कम्पनी तथा नेपाल धितोपत्र बोर्ड समक्ष राख्न सकिन्छ ।

सूचीकृत धितोपत्र खरिद बिक्री सम्बन्धी गुनासाबारे सर्वप्रथम धितोपत्र दलाललाई जानकारी गराउनुपर्दछ । धितोपत्र दलालबाट सन्तुष्ट नभएमा आफ्नो गुनासो लिखित रुपमा स्टक एक्सचेन्जमा राख्न सकिन्छ । यस्तो गुनासो समाधान नभएमा नेपाल धितोपत्र बोर्ड समक्ष राख्न सकिन्छ ।

स्रोतः नेप्से

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको