Like us!
Follow us!
Connect us!
Watch us!

नियामक निकायको उदाशिनताले बजार धरासायी भयो, कर्जा सिमा फिर्ता नलिए कडा आन्दोलन

अर्थ संसार

आइतबार, २० भदौ २०७८, १२ : ४६ मा प्रकाशित

नियामक निकायको उदाशिनताले बजार धरासायी भयो, कर्जा सिमा फिर्ता नलिए कडा आन्दोलन

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको हो । यो सीमाका कारण लगानीकर्ताहरूले सेयर बिक्री गरी ॠण चुक्ता गर्दा सेयर बजारमा त्यसको असर देखिएको छ ।

भदौ ८ गते राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गरेपछि ओरालो लागेको सेयर बजार निरन्तर ओरालो यात्रामा नै छ । भदौ ३ गतेको अन्तिम कारोबारसम्ममा.. को बिन्दुमा रहेको नेप्से परिसूचक निरन्तर ओरालो लाग्दै आज यो समाचार तयार पार्दासम्म १३४ अंकले घटेर २७९२ को बिन्दुमा पुगेको छ । नेप्सेमा आएको आजको करेक्सन यो बुलको सबैभन्दा ठुलो करेक्सन हो ।

राष्ट्र बैंकको एकीकृत निर्देशिका पछि आजसम्ममा समग्र नेप्से परिसूचक ३८० अंकभन्दा बढिले घटिसकेको छ । राष्ट्र बैंककै कारण सेयर बजार ओरालो लागेको भन्दै लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकसँग गभर्नरको राजिनामासहित १६ बुँदे माग गरेका छन् । उनीहरूले गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १६ बुँदे माग गरेका हुन् ।

त्यसै यता नेपाल पुँजीबजार लगानीकर्तासंघकी अध्यक्ष राधा पोख्रेलले यदि समयमानै राष्ट्र बैंकले एकीकृत निर्देशिका नसच्च्याए आँफुहरु आन्दोलनमा जान बाध्य हुने बताएकी छन् । नियामक निकायहरु झन् बजारलाई बढाउन र विकास गर्न लाग्नुको सट्टा उल्टै बजार प्रति नकारात्मक बनिदिँदा यस्तो अवस्था आएको उनको तर्क छ । 

"अहिले राष्ट्र बैंकको अवैज्ञानिक नितिका कारण बजारमा नकारात्मक प्रभाव परेको हो यस्तो अवस्थामा लगानीकर्ताहरु आत्तियर बजारबाट पलाएन हुनु भन्दा पनि संयमित भएर कारोबार गर्न म आम लगानीकर्ताहरुलाई आग्रह गर्छु" उनले भनिन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको