Like us!
Follow us!
Connect us!
Watch us!
साहित्यकार उमानाथ शास्त्रीको जन्म जयन्तीमा चेलाको उपहार

मरिणखोलेले ल्याए अंगुलीमाल महाकाब्य

विहीबार, २५ जेठ २०७४, १० : ४८ मा प्रकाशित

मरिणखोलेले ल्याए अंगुलीमाल महाकाब्य

अर्थ संसार, काठमाडौं–महाकाब्यकार उमानाथ शास्त्री सिन्धुलियको औं जन्म जयन्तिका अवसरमा आयोजित कार्यक्रममा उनका चेला भोजराज ढकाल ‘मरिणखोले’ द्वारा लिखित अंगुलीमाल महाकाब्यको लोकार्पण गरिएको छ ।  प्रमुख अतिथी प्राध्यापक फाल्गुणी शर्मा तिमल्सिना, कवि अंजुल. कथाकार भाईदाजु र जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले उक्त महाकाब्य संयुक्त रुपमा विमोचन गरे । 

उमानाथ शास्त्रीको जन्मजयन्तीमा चेला मरिणखोलेले  महाकाव्यको उपाहर दिएको भन्दै अतिथिहरुले प्रशंसा गरेका थिए।  त्यस अबसरमा शिक्षाविद् मनोहर शर्मा खतिवडाले महाकाव्यका केही पंक्तिहरु बाचन गरेर सुनाएका थिए । कार्यक्रममा विभिन्न सर्जकले आफ्नोआफ्नो सिर्जना वाचन गरेका थिए । 

लामो समय शिक्षण पेशामा संलग्न रहेका भोजराजले आफ्नो पहिलो कृतिका रुपमा अंगुलीमाल महाकाब्य लिएर पाठकमाझ आएका छन् । प्रशिद्ध पात्र अंगुलीमाललाई केन्द्रमा राखेर त्यसमा छन्द, प्रकृति बर्णन, रसमयता, द्वन्द्व संघर्ष आदिलाई समावेश गर्दै असल बिउ छर्ने प्रयत्न यस महाकाब्यमा गरिएको प्राज्ञ डा. जिवेन्द्रदेव गिरीले बताए कृतिमा उल्लेख गरेका छन् । 

नेपाली संस्कृतिमा रहेको विभिन्न संस्कार, चाडपर्व, कृषि कर्म, विद्याध्ययन, ऋणिमुनी परंपरा आदिनको विस्तृत बर्णनसहित माडबक कसरी अंगुलीमाल बन्नपुगे र बुद्धबाट शिक्षा पाइ नयाँ बाटो अंगाल्न पुगे भन्ने ममस्पर्शि काब्यप्रवाह यस कृतिमा समेटिएको छ । 
कृति २१ सर्गमा समेटिएको छ । सार्दूलविक्रिडित, मन्दाक्रान्ता, अनुस्टुप, मालिनी, कुशुमविचित्रा, मणिमाला, अस्वललिता, भद्रकलगायतका छन्द प्रयोग गरिएको यस महाकाब्यमा तत्कालीक भौगोलिक परिवेश, ग्रामीणजनबाट प्राप्त हुने आत्मियता, मान्छेले अंगाल्ने आँटबाट हुने उपलब्धि,  प्राचिन शिक्षा प्रणाली र गुरु शिष्य परंपरा आदिबारे जानकारी छ । सिन्धुलीको कमलामाई–१ गुराँसेमा जन्मे, हुर्केका महाकाब्यकार मरिणखोलेले अंगुलीमालमार्फत समाजलाई गहकिलो कृति पस्केका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको