Like us!
Follow us!
Connect us!
Watch us!

अहिले सेयर बेच्ने हैन, किन्ने बेला होः इन्भेष्टर्स फोरमका अध्यक्षसँग कुराकानी

अर्थ संसार

आइतबार, २० भदौ २०७८, १७ : २२ मा प्रकाशित

तुलशीराम ढकाल इन्भेस्टर्स फोरमको अध्यक्षमा निर्वाचित भएका छन् । इन्भेष्टर्स फोरमले लगानीकर्ताको आवाजलाई नियामक निकायसम्म पुर्याउने काम गर्दै आएको छ । चिलिमे जलविद्युत कम्पनी, मध्यभोटेकोशी जलविद्युत आयोजना र मुक्तिनाथ कृषि कम्पनीको संचालक समेत हुन ।

हामीले सोध्यौं, सेयर बजार विस्तार गर्न तपाइँको एजेन्डा के हुन्छ ? उनी २०५६ सालदेखि लगानी गर्दै आएका छन् । उनले पूँजी बजारलाई उद्योगका रुपमा स्थापित गर्न पहल गर्ने बताए । आफूले विभिन्न नियामक निकायहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । हाम्रो अर्को प्रश्न थियो, अहिले बजार लगातार घटिरहेको छ । उचालिएर सेयर किन्नेहरु २०। ३० प्रतिशतले डुबिसके ।

यस्तो बेलामा तपाइँहरुको सक्रियता खै ? ढकालले आफूहरु निरंतर रुपमा बजारको विस्तारमा पहल गरिरहेको बताए । राष्ट्र बैंकले सेयर धितोमा दिने ऋणमा १२ करोडको सीमा राखेर केही समस्या सिर्जना भएको बताए ।

यो सीमालाई हटाउन आफूहरुले वकालत गरिरहेको उनको भनाइ थियो । राष्ट्र बैंकले ठूला लगानीकर्तालाई रोक्न ल्याएको नीतिले साना लगानीकर्तालाई असर परेको उनको दावी छ । अहिले सेयर बेच्ने बेच्ने बेला नभइ सेयर किन्ने बेला भएको उनले बताए । अब कम्पनीहरुले धमाधम बोनस घोषणा गर्ने उनको भनाइ थियो ।

लामो समयदेखि सेयर बजारलाई नजिकबाट नियाल्दै आउनु भएको छ । पछिल्लो समय बजार निरंतर ओरालो लागेकोे छ । यसलाई करेक्सन मात्र भन्न सकिएला र ? ढकालले भने यसलाई करेक्सन नै भएको दावी गरे । बजारमा उतारचढाव सधैं आउँछ ।

पूँजी बजार सधैं बढिरहँदैन, सधैं घटिरहँदैन, उनले भने, पूँजी बजारमा धैर्यता छैन भने तपाइँ बजारमा नआए हुन्छ । बजार घटेको नदेख्ने, घटेको चाहिँ देख्ने प्रबृत्ति लगानीकर्तामा रहेको ढकालको भनाइ छ । बजारमा के देखियो भने बजार बढेका बेला ऋण गरेरै किन्ने र घट्न थाल्यो भने आत्तिएर घाटा खाएरै बेच्ने । नयाँ प्रवेशीहरूले बढाएको बजार उनीहरूमा धैर्यता नहँदा बजार ओरालो लागेको ढकालको भनाइ छ ।

बजारमा सेयर किनवेच गर्दा कम्पनीका अधारभूत कुराहरूले कुनै प्रभाव पारेको देखिँदैन । राम्रो लाभांश दिने कम्पनीको मूल्य घटिेरहेको देखिन्छ । त्यसको विपरित सुसासन कमजोर भएका, लाभांश नबाँडेका कम्पनीके सेयर मूल्य अकासिएको देखिन्छ ।

बजारमा आधारभूत पक्षको विश्लेषण गरेर मात्र लगानी गर्नु पर्ने ढकालको भनाइ छ । इन्भेष्टर्स फोरमका नवनिर्वाचित अध्यक्ष ढकालसँग अर्थसंसार टकका लागि अर्थसंसार डटकमका प्रधानसम्पादक लीलानाथ घिमिरेले गरेको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको