Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले ल्यायो “नबिल डिजी वर्कस्पेस”

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, ०८ : १५ मा प्रकाशित

नबिल बैंकले ल्यायो “नबिल डिजी वर्कस्पेस”

नबिल बैंक लिमिटेडले कर्मचारी दक्षता स्तरोन्नती गर्न “नबिल डिजी वर्कस्पेस” ल्याएको छ । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्नेछ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्नेछन् र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ ।

नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेनद्र प्रसाद पौड्यालले कागज विहिन काम गर्ने वातावरण अबको आवश्यकता रहेकाे बताए । सोही कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरेका छन् ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नुपर्ने काम कहाँ छ, को सँग छ तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन् । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त रहेकाे छ ।

अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन् र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्नेछन् । यसले कागजी प्रकृया बिना तिव्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको