Like us!
Follow us!
Connect us!
Watch us!

सेयर धितो राखी १२ करोड बढी ॠण लिन पाइने, यस्ताे छ राष्ट्र बैंककाे स्पष्टिकरण

अर्थ संसार

सोमबार, २१ भदौ २०७८, १३ : ३८ मा प्रकाशित

सेयर धितो राखी १२ करोड बढी ॠण लिन पाइने, यस्ताे छ राष्ट्र बैंककाे स्पष्टिकरण

नेपाल राष्ट्र बैंकले १२ कराेडकाे सीमा प्रकरणकाे बारेमा स्पष्टिकरण दिएकाे छ । बैंकले आफ्नाे वेभसाइटमा रहेकाे बारम्बार साेधिने प्रश्नमा सेयर धितो सम्बन्धी जानकारी दिएकाे छ । 

राष्ट्र बैंकले उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितोसँगै सेयर समेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइने जानकारी दिएकाे छ । बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा सेयर समेत धितो राख्न सक्ने राष्ट्र बैंकले जनाएकाे छ ।

त्यसैगरी, राष्ट्र बैंकका अनुसार अन्य संस्थाको सेयर किन्ने प्रयोजन देखि बाहेकका व्यावसायिक प्रयोजनको लागि सेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) को रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम रु. ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम रु. १२ करोडको सीमा लागू हुँदैन ।

6135cc6231d44.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको