Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ता माइतीघरमा रिले अनसन बस्ने

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, ०९ : ०५ मा प्रकाशित

सेयर लगानीकर्ता माइतीघरमा रिले अनसन बस्ने

सेयर लगानीकर्ता माइतीघरमा रिले अनसन बन्ने भएका छन् । पुजिबजार सुधार सङ्घर्ष समितीको आयोजनामा आज ३ बजेदेखि रिले अनसन सुरु हुने भएको हो । मगहरु सम्बोधन भएकोले  २३ गतेदेखि २९ गतेसम्म दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म रिले अनसन गर्ने  कार्यक्रम तय भएको समितिले जनाएको छ । 

समितिले  गत  सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो ।   गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका थिए । 

गभर्नरको राजिनामा माग्दै लगानीकर्ताले राष्ट्र बैंक घेरे | Dipendra Agrawal बजारका लागि मर्न तयार

नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको  थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको