Like us!
Follow us!
Connect us!
Watch us!

आज बजार यी  कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

बुधबार, १७ पुस २०८१, १५ : २९ मा प्रकाशित

आज बजार यी  कम्पनीको भयो उच्च कारोबार

सेयर बजारमा बुधबार भिनो सुधार देखिएको छ । नेप्से परिसूचक आज ५.१० अंकले बढेर २५८१.६० को बिन्दुमा बन्द भएको हो।

आज बजारमा ३ अर्ब ५९ करोड बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। यो कम्पनीको आज २१ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । 

यस्तै, जानकी फाइनान्सको ९ करोड ६९ लाख रुपैयाँ,त्रिशूल जलविद्युतको  ९ करोड २९ लाख रुपैयाँ,प्रभु बैंकको ८ करोड ८८ लाख रुपैयाँ र नेपाल फाइनान्सको ८ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो  । 

यसैगरी,युनाइटेड अजोड इन्स्योरेन्सको ८ करोड ४७ लाख रुपैयाँ,उपकार लघुवित्तको ७ करोड ९१ लाख रुपैयाँ,सपोर्ट माइक्रोफाइनान्सको ७ करोड ८२ लाख रुपैयाँ र सुपर मादी हाइड्रोपावरको ६ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको