Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा झिनो सुधार, नेप्से १.८३ अंकले बढ्दा ५ अर्ब ८२ करोडको कारोबार

अर्थ संसार

बुधबार, ०२ माघ २०८१, १५ : १० मा प्रकाशित

सेयर बजारमा झिनो सुधार, नेप्से १.८३  अंकले बढ्दा ५ अर्ब ८२ करोडको कारोबार

नेपालका सेयर बजारमा लगातार दुई दिनको गिरावटपछि आज झिनो सुधार देखिएको छ ।  

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८३ अकंले बढेर २५९५.९६ बिन्दुमा बन्द भएको छ । आज २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोडको सेयर कारोबार भएको छ ।

आज ७ कम्पनीको सेयरमा हरियाली आएको छ । आज विकास बैंकको १.०८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६३ प्रतिशत, हाइड्रोपावर समूहको १.७६ प्रतिशतले सेयरमूल्य बढेको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको