Like us!
Follow us!
Connect us!
Watch us!

१५० कम्पनीले लाभांश घोषणा गर्दा ७ बैंकको लाभांश मात्रै १०% माथी, कुनले कति दिए ?

अर्थ संसार

आइतबार, २८ पुस २०८१, १२ : २२ मा प्रकाशित

१५० कम्पनीले लाभांश घोषणा गर्दा ७ बैंकको लाभांश मात्रै १०% माथी, कुनले कति दिए ?

सेयर बजारमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेको छन् । हालसम्म १५० कम्पनीले लाभांश घोषणा गरिसकेका छन् ।  

सार्वजनिक सूचनाका आधारमा यो बर्ष ७ बैंकहरुले १० प्रतिशतभन्दा धेरै लाभांश दिएका छन् । यो वर्ष १० प्रतिशतभन्दा धेरै लाभांश दिनेमा ५ वाणिज्य बैंक र  २ विकास बैंक रहेका छन् । 

कुनको कति ?

वाणिज्य बैंकहरुमा स्ट्याण्टर्ड चार्टड बैंकको ६.५ प्रतिशत बोनस र १९ प्रतिशत नगद गरेर कुल २५ प्रतिशत रहेको छ । एभरेष्ट बैंकको १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरेर कुल १५.५३ प्रतिशत, कृषि विकास बैंकको ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद गरेर कुल १०.५३ प्रतिशत र नबिल बैंकको १० प्रतिशत लाभांश रहेको छ ।

यसैगरी विकास बैंकहरुमा भने कामना सेवा बैंकको ७ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरेर कुल १२ प्रतिशत लाभांश र मितेरी डेभलपमेन्ट बैंकको ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद गरेर कुल १० प्रतिशत लाभांश रहेको छ । 

नेप्सेमा सूचीकृत कम्पनीहरूले पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ । साधारणसभा सम्पन्न गरिसकेका अधिकांश बैंकहरुले प्रस्तावित लाभांश साधारणसभाबाट पारित गरेर सम्बन्धित सेयरधनीको डिम्याट खातमा समेत जम्मा गरिसकेका छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको