आज अंग्रेजी वर्षको पहिलो दिन सेयर बजारमा झिनो सुधार देखिएको छ । आज नेप्से ५.१० अकंले बढेर २५८१.६० बिन्दुमा कायम भएको छ ।
आज ३०५ कम्पनीको ९४ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज आठ उपसूचकमा हरियाली आएको छ । विकास बैंकको १.६८ प्रतिशत, फाइनान्स समूहको ३.८७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस