Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन, अब कति ?

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, ११ : १६ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन, अब कति ?

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश परिमार्जन भएको छ ।

अब कम्पनीले हाल कायम चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ ।

यसअघि कम्पनीकाे असार ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजीकाे १६.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

बीमा समितिले आयकर खर्च सम्पति व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस सेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखांकन गरी परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएको हुनाले लाभांश परिमार्जन गरिएकाे कम्पनीले जानकारी दिएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61384e4340372.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको