Like us!
Follow us!
Connect us!
Watch us!

तिजको बिदामा पनि नर्भिकको ओपिडी खुल्ने

अर्थ संसार

बुधबार, २३ भदौ २०७८, १४ : २१ मा प्रकाशित

तिजको बिदामा पनि नर्भिकको ओपिडी खुल्ने

थापाथलीस्थित नर्भिक अस्पतालले तिजको बिदाको दिन पनि ओपिडी सेवालाई सुचारु गर्ने भएको छ । 

प्राय अस्पतालहरुमा सार्वजनिक बिदाको दिन ओपिडी सेवा सञ्चालन हुँदैन । नर्भिकले भने तिजको बिदाको दिन समेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको हो । 

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार तिजको सार्वजनिक बिदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टहरुले ओपिडी सेवा दिनेछन् । 

कार्डियोलोजीतर्फ डा. जेपी जैसवाल, अर्थोपेडिकतर्फ डा. सगुन जोशी, छातिरोग विशेषज्ञ डा. रमेश चोखानी, साइकाट्रिस्ट डा. यादव बिष्ट, कार्डियोतर्फ नै डा. शैलेन्द्र कुश्वाहा, यूरोलोजिस्ट डा.सुनिल श्रेष्ठ, बालरोग विशेषज्ञ डा. अञ्जली बगेडिया, ग्यास्ट्रोलोजिस्ट डा.शशी, नाक, कान घाटी विशेषज्ञ डा. किरण राज र गाइनोकोलोजिस्ट डा. नूतन शर्माले ओपिडी सेवा दिनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको