Like us!
Follow us!
Connect us!
Watch us!

रोजगारीको अवसरः हाइड्रोइलेक्ट्रिसिटीले माग्यो चार प्रबन्धकसहित १० कर्मचारी

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १० : २९ मा प्रकाशित

रोजगारीको अवसरः हाइड्रोइलेक्ट्रिसिटीले माग्यो चार प्रबन्धकसहित १० कर्मचारी

सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

लोकसेवा आयोगमार्फत लिइने परीक्षाका लागि कम्पनीले शुक्रबार विज्ञापन खोलेको हो । जसअनुसार चार प्रबन्धकसहित विभिन्न १० पदमा जागिरको अवसर छ ।  कम्पनीले प्रशासन र वित्तमा एकरएक जना तथा इन्जिनियरिङमा दुई जना प्रबन्धक माग गरेको हो ।

यसैगरी, दुई दुई जना वरिष्ठ अधिकृत, अधिकृत र वरिष्ठ सहायकका लागि पनि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । असोज १४ गतेसम्म दरखास्त दिन सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको