Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको प्रतिस्थापन बजेट, दिर्घरोगीहरुलाई मासिक भत्ता ५ हजार

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १६ : ५४ मा प्रकाशित

सरकारले ल्यायो १६ खर्ब ३२ अर्बको प्रतिस्थापन बजेट, दिर्घरोगीहरुलाई मासिक भत्ता ५ हजार

सरकारले चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो।

यसअघि सरकारले चालु बर्षको बजेट १६ खर्ब ४७ अर्ब रुपैयाँको ल्याएको थियो । सरकारले प्रतिस्थापन विद्ययक मार्फत बजेटको आकर १५ अर्बले घटाएको हो ।

सरकारले अघिल्लो सरकारले जारी गरेको बजेटमा केहि परिमार्जन सहित संसदमा प्रतिस्थापन बजेट पेश गरेको हो । प्रतिस्थापित बजेटमा सरकारले मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च वापत मासिक रू. ५ हजारका दरले उपलब्ध गराइने व्यवस्था गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको