सरकारले बजेटलाई परिमार्जन गरी प्रतिस्थापन बजेट संसदमा पेश गरेको छ । संसदमा पेस भएको उक्त प्रतिस्थापना बजेटमा ५१ नम्बर बुँदामा नेपालको पुँजीबजारका बिषयमा उल्लेख गर्दै पूर्ण सरकारी स्वामित्वमा रहेका कम्पनीहरुलाई कम्पनी मोडलमा रुपान्तरण गरी आईपिओ जारी गरिने कुरा उल्लेख गरिएको छ ।
पुँजी बजारमा वित्तीय सुशासन कायम गरी सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गरिनेछ। सरकारको मातहत रहेका सम्भाव्य सार्वजनिक संस्थानहरूलाई आवश्यकता अनुसार पूर्ण सरकारी स्वामित्वका कम्पनी मोडलमा रुपान्तरण गरी पुँजी बजारमा सूचिकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाउन सक्षम बनाउँदै लैजाने नीति लिइनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस