Like us!
Follow us!
Connect us!
Watch us!

के छ सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा ?

अर्थ संसार

शनिबार, २६ भदौ २०७८, ०८ : ५९ मा प्रकाशित

के छ सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा ?

सरकारले प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा यसअघिको सरकारले भन्दा केही बुँदा थप गरेको छ । 

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै उनले वित्तीय अनुशासन पालना गरी बजेट बनाउने युगकोे सुरुवात भनेका छन् । यस्ता छन् प्रतिस्थापन विधेयकका विशेषता ।

  • कोभिड- १९ बाट रोजगारी गुमाएका अतिविपन्न पाँच लाख परिवारलाई एक पटकका लागि १० हजार रुपैयाँका दरले नगद राहत उपलब्ध गराइने ।
  • सरकारी निकायमा विभिन्न किसिमका भत्तामा १० प्रतिशत कटौती, त्यसबाट बचेको पाँच अर्ब रुपैयाँ कोभिड- १९ खोप खरिदमा लगाइने ।
  • मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सरपीडित र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार रुपैयाँ दिइने ।
  • जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक तीन हजार रुपैयाँ जीवनवृत्ति भत्ता दिइने ।
  • कोभिड- १९ प्रभावित उद्योग, व्यवसायलाई आकर्षक छुट ।
  • कृषि तथा पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिइने ।
  • आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन हुने खालको नीति लिइने ।
  • हरेक प्रदेशमा कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम नमुनाको रूपमा सुरु गरिने ।
  • पहिलो पटक अनलाइन मिडियाहरूलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सुरु गरिँदै ।
  • शिक्षक अस्पताल निर्माणको प्रक्रिया सुरु गरिने ।
  • सहकारी संस्थाहरूले भगिनी कम्पनी खोलेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाउने गरी कानुनी प्रबन्ध मिलाइने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको