Like us!
Follow us!
Connect us!
Watch us!

रिडी र रैराङ हाइड्रोपावर कम्पनी बिचको मर्जरको हल्ला को वास्ताविकता के हो ?

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, १३ : ४५ मा प्रकाशित

रिडी र रैराङ हाइड्रोपावर कम्पनी बिचको मर्जरको हल्ला को वास्ताविकता के हो ?

अहिले बजार रिडी हाइड्रोपावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीको बिचमा मर्जरको हल्लाले तातिएको छ । केहि बर्ष अघि नै यी दुई कम्पनीहरुले आफ्नो बार्षिक साधारणसभाको प्रस्तावमा मर्जरको प्रस्ताव समेत राखेको र साधारसभा बाट समेत पारित भइसकेको छ ।

कम्पनीको बार्षिक साधारणसभामा केहि बर्ष देखि नै मर्जरको प्रस्ताव आइरहेकोे र साधारणसभाले समेत अनुमोदन गरिसकेको हुनाले अहिले बजारमा पुनः फैलियको हल्लालाई अर्थपुर्णरुपमा हेर्नुपर्ने देखिन्छ । साधारणसभाबाट मर्जरको प्रस्ताव अनुमोदन भइसकेकोले अव नियामक निकायको अनुमतिमा कम्पनीको सञ्चालक समितीले मर्जर प्रक्रियालाई अगाडी बढाउन सक्नेछ । 

अहिले बजारमा यी दुई कम्पनीहरुको बिचमा मर्जरको हल्ला फैलिनुको वा बजार तातिनुमा केहि संभावित बलिया आधार र कारणहरु समेत देखिन्छ । अहिले यी दुबै कम्पनीको कार्यलय थापाथली स्थित ट्रेड टावरको एकै तलको पनि एकै ठाँउमा सञ्चालन भइरहेकोले पनि धेरैले यी दुई कम्पनीहरु मर्जरमा जानसक्ने अनुमान गरिरहेको देखिन्छ । 
 
अहिले यी दुबै कम्पनीहरुको संस्थापक सेयर समेत साधारण सेयरमा परिवर्तन भइसकेका छन् । यी दुबै कम्पनीहरुको स्थापना एकै समूहले गरेको र रैराङ हाइड्रोपावरको मुख्य संस्थापक लगानीकर्ताका रुपमा नै रिडी हाइड्रोपावर कम्पनी रहेको थियो तर २०७८ जेठ २६ गतेबाट रिडीको संस्थापक सेयर समेत साधारण सेयरमा परिबर्तन भइसकेकाले रिडीले रैराङको सेयर बेचिरहेको देखिन्छ । मर्जरमा जाँदा क्रस होल्डिङ बाधक बन्ने भएकाले पनि अहिले रिडीले आँफुसंग भएको रैराङको सेयर बेचिरहेको जानकारहरु बताउछन् । रिडीसंग रैराङको कुल १४ लाख कित्ता सेयर होल्डिङमा थियो । 

त्यस्तै यी दुबै कम्पनीहरुको सञ्चालक समितीमा समेत केहि सञ्चालकहरु समान छन् । रिडी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक कुबेर मणि नेपाल रैराङ हाइड्रोपावर कम्पनीको सञ्चालक समेत हुन् । त्यसैगरी गुरु प्रसाद न्यौपाने र रमेश प्रसाद न्यौपाने यी दुबै कम्पनीको सञ्चालक छन् । यसरी दुई कम्पनीको सञ्चालक समितीमा ३ जना व्यक्ति उहि रहेकाले पनि अहिले यी दुई कम्पनीहरु मर्जरमा जानसक्ने देखिन्छ ।  
 
के साच्चीकै रिडी र रैराङको बिचमा मर्जर हुनै लागेको हो त ? भन्ने हाम्रो प्रश्नमा रिडी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक कुबेर मणी नेपालले पहिले नै कम्पनीको बार्षिक साधारणसभाबाट मर्जरको प्रस्ताव पारित भइसकेकाले कम्पनी मर्जरमा जानसक्ने संभावनालाई भने नकार्न नसकिने बताए । "तर यो कम्पनीसंगै मर्जरमा जान्छ भनेर अहिले नै कसरी भन्नु हामिले मर्जरका लागि ढोका खुल्ला राखेका छौ जुन कम्पनीसंग कुरा मिल्छ उसैसंग मर्जरमा जान सक्र्छा्ै" उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको