Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोको ईपीएस १०० भन्दा माथि आउने सूचना चुहाएको भन्दै सेबोनमा उजुरी

अर्थ संसार

सोमबार, २८ भदौ २०७८, १३ : ४६ मा प्रकाशित

रिडी हाइड्रोको ईपीएस १०० भन्दा माथि आउने सूचना चुहाएको भन्दै सेबोनमा उजुरी

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ईपीएस १०० भन्दा माथि आउने सूचना चुहाएको भन्दै नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबोन) मा उजुरी परेकाे छ । 

लगानीकर्ता ध्रुव प्रसाद भट्टले रिडी हाइड्रोसहित विभिन्न ४ वटा कम्पनीकाे उदाहरण दिँदै इन्साइडर ट्रेडिङ र कर्नरीङसम्बन्धी छालबिनकाे माग गरी सेबाेनमा उजुरी दिएका हुन् । 

अधिकांश पब्लिक कम्पनीहरूले जारी गर्ने सूचनाहरू हप्ताैँ अघिबाट चुहावट भई बाेर्ड व्यवस्थापनमा रहेका आफन्तहरूले सेयर कर्नरिङ गर्ने र सूचना जारी गरेपश्चात् बिक्री गरी साना लगानीकर्ताहरूलाई फसाउने काम हुँदा पनि धिताेपत्र बाेर्ड आँखा चिम्लेर बसेकाे उजुरीपत्रमा उल्लेख छ । 

उनले अरूण भ्याली हाइड्राेकाे ५० प्रतिशत हकप्रदकाे घाेषणा हुँदै, रिडी हाइड्राेपावरकाे रैराङ हाइड्राेपावरमा रहेकाे लाखाैँ कित्ता हाेल्डिङ बिक्री गरेर प्रतिसेयर आम्दानी १०० रूपैयाँ भन्दा माथि आउने, रैराङ हाइड्राेपावर १०० रूपैयाँ भन्दा माथि प्रतिसेयर आम्दानी आउने हल्ला गरिएकाे रिडी हाइड्राेपावरसँग १ कित्ता बराबर १ स्वाप रेसियाेमा मर्जरकाे घाेषणा हुँदै र अपर माेदी हाइड्राेपावर कम्पनीकाे ५० प्रतिशत हकप्रद घाेषणा हुँदै भन्ने सूचना चुहावट भएकाे उजुरीपत्रमा उल्लेख छ ।

उदाहरणका रूपमा प्रस्तुत भएका कम्पनीहरूमा हुँदै गरेकाे सूचना चुहावट र त्यसले गर्दै गरेकाे सेयर कर्नरिङकाे सहयाेगमा छानबिन गर्न निवेद पेश गरिएकाे पत्रमा उल्लेख गरिएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको