बि.ओ.के क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको भदौ २४ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको छैठौँ वार्षिक साधारण सभा असोज २० गते कम्पनीको कार्यलय नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस