Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनरत लगानीकर्ताहरुको सबोनसंगको बार्ता सकारात्मक, आज अर्थमन्त्री भेट्दै

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, ०७ : ४३ मा प्रकाशित

आन्दोलनरत लगानीकर्ताहरुको सबोनसंगको बार्ता सकारात्मक, आज अर्थमन्त्री भेट्दै

विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनरत लगानीकर्ताहरूलाई अर्थ मन्त्रालयले वार्ताका लागि बोलाएको छ ।  आज मंगलबार अर्थमन्त्री जनार्दन शर्मासँग वार्ता हुने भएको पुँजीबजार सुधार सङ्घर्ष समितीका  संयोजक रोहन कार्कीले बताएका छन् । 

सोमबार लगानीकर्ताहरूको सेबोनसँग वार्ता भएको थियो । लगानीकर्ताहरूको मागप्रति सेबोन सकारात्मक देखिएको छ । पुँजीबजार सुधार सङ्घर्ष समितीले राखेका मागहरू सेबोनमा नयाँ अध्यक्ष नियुक्त भएपछि सम्बोधन गरिने प्रस्ताव सेवोनले गरेको थियो । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि अहिले अनुसन्धानका लागि सेबोन अध्यक्ष भिष्मराज ढुंगाना निलम्बित छन् ।  

यो समितीले सेयर धितो कर्जाको सीमाको विरोध गर्दै भदौ २१ गते, सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए । 

उनीहरूले गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका हुन् । नेपाल राष्ट बैंकको अस्तित्व नै धरापमा पार्ने गरी विभिन्न समय समयमा नियोजित रूपमा तयार गरिएका नीति, कार्यक्रम र कार्यनीतिहरूले समग्र पुँजी बजार अगाडि बढ्न नसकेको भन्दै गभर्नर महाप्रसाद अधिकारीको यथाशिघ्र राजिनामाको माग गरिएको  थियो । 

मागहरु सम्बोधन नभएको हुनाले भदौ २३ गतेदेखि दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघरमा रिले अनसन बसिरहेका थिए । हालसम्म पनि उनीहरूको आन्दोलन भने जारी नै छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको