Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल फाइनान्सले पायाे भुक्तानी सेवा प्रदायकको अनुमति

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, १४ : २१ मा प्रकाशित

सेन्ट्रल फाइनान्सले पायाे भुक्तानी सेवा प्रदायकको अनुमति

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले पनि भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएकाे छ । नेपाल राष्ट्र बैंकले फाइनान्सलाई भुक्तानी सेवा प्रदायकको काम गर्न अनुमति प्रदान गरेकाे हाे ।

याे सँगै अब फाइनान्सले आफ्नै मोबाईल बैंकिङ्ग एप मार्फत मोबाईल बैंकिङ्ग सेवा सञ्चालन गर्नेछ । ग्राहकहरूले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोबाईल बैंकिङ्ग एप डाउनलोड गर्न सक्नेछन्।

संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यस्तै, फाइनान्सले विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि सञ्चालन गरीरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको