Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्यमन्त्री छैन, डाइरेक्टर हटाए, नजान्नेलाई जागिर खुवाइयाे : ओली

अर्थ संसार

बुधबार, ३० भदौ २०७८, १७ : ०२ मा प्रकाशित

स्वास्थ्यमन्त्री छैन, डाइरेक्टर हटाए, नजान्नेलाई जागिर खुवाइयाे : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ल्याइदिएको कोभिड १९ विरुद्धको खोप वितरण गर्न नसकेको आरोप लगाएका छन् ।

कोभिड महामारीका बेला स्वास्थ्य मन्त्रालयमा विभागीय मन्त्री नियुक्त गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले खोपबारे बुझेको महानिर्देशक हटाएर केही नजानेको मान्छे राखेको भन्दै आक्रोश पोखे ।

'खोप उत्पादक नभए पनि भारतपछि साउथ एसियामा हामीले खोप सुरु गर्‍यौं । करोडौं खोप ल्यायौं । अहिले यो सरकारलाई त्यो खोप बाँड्न हम्मेहम्मे परेको छ,' उनले भने, 'मन्त्री पनि छैन, डाइरेक्टर पनि हटाए । केही पनि नजाने मान्छे ल्याएर जागिर खुवाएर राख्या छ ।'

आफूले ल्याएका विकास निर्माणका योजनाहरु काम गर्न नसकेर सरकारले धमाधम रद्ध गरिरहेको ओलीको भनाइ थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको